काठमाडौं, १९ फागुन । मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव एकीकृत नेकपा माओवादीको मोर्चाको एजेण्डाबाट अलग्निे मनस्थितीमा पुग्नुभएको छ ।
उहाँले सरकारले वार्ताका लागि वातावरण बनाए एमाओवादी मोर्चाको एक मधेस एक प्रदेशको अडानलाई छाड्न सकिने बताउनुभएको हो ।
उहाँले दुई तिहाइको गणनाबाट भन्दा पनि सहमतिबाटै जानुपर्ने बताउँदै उहाँले नेपाली काँग्रेस र नेकपा एमालेले सच्चिएर वार्ताका लागि आह्वान गरे वार्तामा बस्ने स्पष्ट गर्नुभयो ।
सहमतिकै आधारमा संविधान बनाउनुपर्ने माग राख्दै एमाओवादी नेतृत्वको ३० दलिय मोर्चाको सदस्य फोरम नेपालले सरकारले वार्ता प्रक्रिया अगाडी बढाउनुपर्ने पक्षमा छ ।
संविधानसभामा सरकारले अगाडी बढाएको प्रक्रिया स्थगन गरी वार्तामा आए सहमतिको वातावरण सिर्जना हुने अध्यक्ष यादवको भनाई छ । तर, प्रदेशका बारेमा लचिलो हुन सत्तारुढ दलहरुले नचाहेको उहाँको आरोप छ ।















प्रतिक्रिया