२ कार्तिक २०८३, सोमबार

कैलाली पुग्यो स्वाइन फ्लु, संक्रमित महिलाको उपचार हुँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

swine-fluधनगढी, १९ फागुन । कैलालीमा एक महिलामा इन्फ्लुन्जा भाइरस भेटिएको छ ।

सोमबार सेती अञ्चल अस्पतालमा परीक्षणका क्रममा चौमाला गाविस वनबेहडाकी ५१ वर्षीया एक महिलामा इन्फ्लुन्जा बि भाइरस भेटिएको हो ।

ती महिलाको सेती अञ्चल अस्पतालमा स्वाइन फ्लुका लागि अलग्गै छुट्याइएको कोठामा राखेर उपचार भइरहेको जानकारी चिकित्सक सुभेषराज कायस्थले दिनुभयो ।