१० मंसिर २०८३, बिहिबार

दुर्घटनामा आफन्त गुमाएकी सात महिने बालिकालाई मावलीको जिम्मा लगाइयो

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, १० पुस ।  १५ जनाको ज्यान जाने गरी सिन्धुपाल्चोकमा भएको बस दुर्घटनामा आमा गुमाएकी र बाबु (बस चालक) पनि प्रहरी नियन्त्रणमा भएपछि अभिभावक बिहीन ७ महिने बालिकालाई मावलीको जिम्मा लगाइएको छ ।

दुर्घटना पछि सिन्धु सदावहार अस्पतालमा रहेकी सात महिने सिन्धु (अस्पतालले राखिदिएको नाम) लाई अस्पतालमा आयोजित कार्यक्रममा सिन्धुकी मामा सर्लाही लालबन्दीका माइते सिलाईलाई जिम्मा लगाएको सिन्धु सदावहार अस्पतालका अध्यक्ष कमल नेपालले जानकारी दिए ।

बस दुर्घटनामा आमा गुमाएकी सिन्धुका बुबा चालक सुमन तामाङको तिन वटी श्रीमती रहेको र घरमा दिँदा लालनपालनमा समस्या हुने भएपछि मावलीको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालयका डीएसपी माधव काफ्लेले जानकारी दिए ।

१२ दिनसम्म अस्पतालको रेखेदेख र लालनपालनमा बसेकी सिन्धुलाई आफन्तको जिम्मा लगाएपछि अस्पतालका नर्सहरुमा रुवाबासी चलेको थियो । सिन्धुले बोतलको दुध नखाएपछि स्थानीय सुनिता माझीले अस्पतालमा राखेको दिनदेखि नै नियमित दुध खुवाउँदै आएकी थिइन् । ‘मैले १२ दिनसम्म दुध चुसाएको छु, यो छोरीलाई कुनै समस्या नहोस्’, बालिका बुझाएपछि मलिन स्वरमा सुनिताले भनिन् ।

दुर्घटनामा बालिका अलपत्र परेको खबर बाहिरीएपछि प्रधानमन्त्रीदेखि अन्य विभिन्न संघ संस्थाहरुले समेत बालिकाको बारेमा चासो लिएका थिए ।