१० मंसिर २०८३, बिहिबार

बुढानिलकण्ठका जनप्रतिनिधिले ‘वैधानिक निर्णय’का नाममा गरे ‘तस्करी’ जस्तै काम

1.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० पुस । काठमाडौंको बुढानिलकण्ठ नगरपालिकाका जनप्रतिनिधिले ‘वैधानिक निर्णय’ गराई तस्करी जस्तै काम गरेको प्रमाण फेला परेको छ ।

बुढानिलकण्ठ नगरपालिका अन्तरगर्त कपन १० का वडाध्यक्ष नवराज भट्टराईलगायतको समूहले क्याम्पस निमार्णको नाममा बालुवाको कारोबार गरेका हुन् ।

क्याम्पस व्यवस्थापन समिति, क्याम्पस प्रशासन र नगरपालिकावासीलाई गुमराहमा राखेर गरिएको निर्णयसँगै बालुवाको कारोबार गरि अवैध हिसाबले रकम उठाइएको हो ।

सार्वजनिक बाटोको बालुवा निकालेर बेचिएको तथ्य भेटिएको छ । चार महिनादेखि उक्त सार्वजनिक बाटोको १५ लाख बराबरको बालुवा वडा अध्यक्ष र क्याम्पसका कर्मचारीको मिलोमतोमा बिचबिखन भईरहेको छ ।

गैर कानुनी धन्दामा नगरपालिकाका मेयर उद्धव खरेलको समेत सहमति रहेको बताइएको छ ।

उनीहरूले कपन बहुमुखी क्याम्पसमा १५ लाख घाटा भएको हुँदा त्यसको भरपाई गर्न बाटोको बालुवा निकाल्नु परेको भन्दै आएका छन् । बस्ती समेत जोखिममा पारी गरिएको कामल कसरी क्याम्पसको घाटापूर्ती हुन्छ भन्ने प्रश्न उठेको छ ।

 एउटा विज्ञप्ति जारी गरी वैधानिक हिसाबले नै बाटो समथर बनाउनका लागि बालुवा निकालिएको स्वीकार गरिएको छ । तर दैनिक नेपाललाई प्राप्त प्रमाण र तस्बिरले बाटो खाल्डो बनाई, बाटो नै भत्काएर जोखिमपूर्ण बनाइएको प्रस्ट देखाउँछ ।

 क्याम्पस र बुढानिलकण्ठ–१० ले दाबी गरेविपरित यस्तो बनाइएको छ त्यहाँको अवस्था । यो प्रमाण हेर्नुहोस् ।

क्याम्पस व्यवस्थापन समिति, क्याम्पस प्रमुख र नगरपालिकाको मिलोमतो रहेको पुष्टि दुवै तिरबाट जारी भएका विज्ञप्तिबाट भएको छ । नीति निर्णयमा बैधानिक देखिने तर व्यवाहारिक पाटोबाट अवैधानिक काम गरिएको प्रस्ट छ । विद्यार्थी आम्दानी रसिदमा बिल तयार पारिएको छ । जबकि उक्त बिल विद्यार्थीले तिरेको शुल्कका लागि मात्र प्रयोग गरिन्छ । जसलाई वैधानिक मान्न सकिँदैन ।

हेर्नुहोस् बालुवा बिक्रि गरेको रसिद, जुन विद्यार्थीको शैक्षिक कार्यकलाप र सामग्रीका लागि मात्र प्रयोग गर्नुपर्ने हो ।

रोक्न खोज्ने प्रहरीविरुद्ध डेलिगेशन !

कपनकी प्रहरी निरक्षक सुरक्षा केसीले बस्ती नै जोखिममा पर्ने उक्त काम रोक्न खोजिन् । यसको बदला उनको सरुवाका लागि जनप्रतिनिधिदेखि यस प्रकरणका सबैको मिलोमतो देखियो ।

वडा अध्यक्ष समेतको समूह प्रहरी निरक्षकको सरुवा गर्न गृहमन्त्रालयदेखि प्रधानमन्त्री कार्यालयसम्म डेलिगेशन पुगेको थियो ।

जनप्रतिनिधि कै कमजोरी देखिएपछि गृहसचिव प्रेम राईले इन्स्पेक्टर केसीलाई हटाउन आएको प्रस्तावको बेवास्ता गरिदिएका थिए ।

अवैध उत्तखनन् माथि इन्स्पेक्टर केसीले धावा बोलेपछि तितर बितर भएका जनप्रतिनिधीहरू सरुवाको माग गर्दै गृहमन्त्रालय र प्रधानमन्त्री कार्यालय पुगेका थिए ।

इन्स्पेक्टर केसीले बालुवासहित केही गाडी नियन्त्रणमा लिई कारवाहीको लागि सम्बन्धीत निकाय पठाएकी थिइन्  ।