१० मंसिर २०८३, बिहिबार

समाजवादीले सरकारलाई दिएको विश्वासको मत फिर्ता लियो 

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ पुस । उपप्रधान तथा कानुनमन्त्रीबाट राजीनामा दिएको भोलीपल्टै समाजवादी पार्टीले नेकपा सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएको छ ।

पार्टी कार्यकारीणी बैठकमार्फत सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएको र अब प्रतिपक्षमा रहेको जानकारी अध्यक्ष उपेन्द्र यादवले दिएका छन् ।

संविधान संशोधनलगायतका मुद्दामा जोडदार रुपमा सदनमा उपस्थित हुने भन्दै उनले विश्वासको मत फिर्ता लिएको जानकारी दिए । यादवसँगै मोहम्मद इस्तियाक राईले पनि मन्त्री पदबाट राजीनामा दिएका थिए ।