
काठमाडौं, ९ पुस । मकवानपुरको बकैया–मकवानपुरगढी गाउँपालिकाको सीमा क्षेत्रमा ठूलो आगोको मुस्लो देखिएपछि हेलिकोप्टर दुर्घटनाको आशंका गरिएको छ ।
उक्त घटनाका विषयमा प्रहरीलगायत सेनाले पनि जानकारी लिनका लागि आफ्ना सुरक्षा अधिकारी खटाएको छ ।
बकैया गाउँपालिका– १२ र मकवानपुर गढी गाउँपालिका– ७ को सिमानामा आगोको मुस्लो देखिएको सर्वसाधारणले बताएका छन् ।
इलाका प्रहरी कार्यालयको टोली सो क्षेत्रमा खटेको छ भने फास्टट्रयाकमा काम गरिरहेको नेपाली सेनाको टोलीले पनि अध्ययन गरिरहेको छ ।
इपा खोलाको मुहान धार्केमा निजी हेलिकोप्टर दुर्घटना भएको खबर सैनिक सुत्रले जनाएको छ ।
नागरिक उड्डयन प्राधिकरणले भने नेपालका आन्तरिक उडानका सबै सम्पर्कमा रहेको जनाएको छ ।











प्रतिक्रिया