१० मंसिर २०८३, बिहिबार

काठमाडौंबाट नियन्त्रणमा लिइएका १२२ चिनियाँको मिशन के थियो ?

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ पुस । प्रहरीले नियन्त्रणमा लिएका १२२ जना चिनियाँ नागरिकको मिशनबारे बुधबार जानकारी गराउने भएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले कार्यालयमा पत्रकार सम्मेलन गरी उनीहरूले नेपालको वित्तिय प्रणालीलगायतमा कसरी प्रभाव पार्न खोजेका थिए भन्ने जानकारी गराउँदैछ ।

यसका सार्थ पक्राउ गरिएकाहरूले चीनमा पनि कतिपय अपराध कर्म गरेको हुनसक्ने आशंका गरिएको छ । चीन सरकारको आग्रह र सहयोगका आधारमा उनीहरूलाई नियन्त्रणमा लिइएको थियो ।

तर नेपालको कानुनअनुसार अनुन्धान गरी कारबाही गर्ने कि चीन पठाउने भन्ने विषयमा अहिले कुनै ठोस विवरण बाहिर आउन सकेको छैन । सम्बद्ध सुत्रका अनुसार चीनले उनीहरूलाई बिमान चार्टर गरी देशमा लगी कानुनी कारबाही गर्ने बताउँदै आएको छ ।

‘अनुसन्धानले एउटा सीमासम्म उनीहरूको योजनाबारे खुलाएको छ, यसको औपचारिक जानकारी गराइनेछ’, प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)का एक अधिकारीले भने ।

यो अप्रेशन सीआईबीको नेतृत्वमा महानगरीय अपराध महाशाखा, काठटमाडौं प्रहरी परिसरलगायतको टोलीले गरेको थियो ।

उनीहरु संस्थागत रुपमा घर भाडामा लिएर गैरकानूनी कार्य गरेको आरोपमा पक्राउ परेका थिए । प्रहरीले उनीहरुलाई पक्राउ गर्न झण्डै तीन महिनाको समय लगाएको पनि विवरणमा उल्लेख छन् ।

एकै दिनमा यति धेरै संख्यामा विदेशी नागरिक पक्राउ गरेको यो पहिलो हो । यसअघि बैंकको एटिएम ह्याक गरेको आरोपमा सातजना चिनियाँ पक्राउ परेका थिए भने अन्य विभिन्न घटनामा केही चिनियाँ नागरिक पक्राउ परेका छन् ।

यसपटक उनीहरुलाई बूढानीलकण्ठ, बाँसबारी र मनमैंजुबाट नियन्त्रणमा लिइएको हो । विदेशीले पर्यटक भिसामा नेपाल आएर कुनै घर भाडामा लिई संस्थागत काम गर्न पाउँदैन ।

चिनियाँ अर्थतन्त्रलाई असर पार्ने गतिविधि गरेको खुल्न नआएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका चिनियाँ नागरिकमध्ये महानगरीय प्रहरी वृत्त महाराजगञ्जमा ३८, बालाजु वृत्तमा १५, लैनचौर वृत्तमा ११, दरबारमार्ग वृत्तमा १४ जना राखिएको छ । बाँकी परिसरको हिरासतमा रहेको प्रहरीले जनाएको छ ।