मुम्बइ । बलिउड फिल्म ‘दबंग-३’ले तीन दिनम ८१.१५ करोड रुपियाँ कमाइ गरेको छ ।
सलमान खान र किच्चा सुदीप अभिनित ‘दबंग ३’ ले तीन दिनमा (भारु) ८१.१५ करोड रुपियाँ संकलन गरेको हो । पहिलो दिनमा २४.५० करोड र दोस्रो दिनमा २४.७५ करोड कमाएपछि फिल्मले तेस्रो दिन ३१.९० करोडको कारोबार गरेको छ ।
भारतमा देशभरि नागरिकता संशोधन ऐन र एनआरसीको विरोधको कारण भारतीय फिल्मले घाटा व्यहोरिरहेको छ । ट्रेड एनालिस्ट तरन आर्दशको ट्वीट अनुसार आन्दोलनका कारण एक सातामा फिल्मले १२ करोड घाटा दिएको छ ।















प्रतिक्रिया