
काठमाडौं, ८ पुस । गोरखाबाट काठामण्डौं आउँदै गरेको बोलेरो जीप गोरखामा दुर्घटना हुँदा पाँचजना घाइते भएका छन् ।
बिहान ग १ ज ७४९४ नम्बरको जीप गोरखाको पालुङटार नगरपालिका ६ बूढीचौरमा दुर्घटनामा परेको हो ।
घाइते मध्ये एकको अवस्था गम्भिर रहेको बताइएको छ । जीपमा सातजना सवार रहेका थिए । घाइतेलाई उपचारको लागि राजधानी ल्याइएको छ ।
जीप अनियन्त्रित भई सडकमै पल्टिएको थियो ।











प्रतिक्रिया