
काठमाडौं, ८ पुस । काठमाडौंको गुर्जुधारामा ट्रकको ठक्करबाट एक व्यक्तिको मृत्यु भएको छ । पर्वत ठूलेपोखरी गाउापालिका–४ स्थायी घर भई चन्द्रागिरी नगरपालिका–७, थानकोट चेकपोस्ट बस्दै आएका अर्जुन कुमार केसीको मंगलबार बिहान गाडीको ठक्करबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।
केसी छोरालाई विद्यालय लैजाँदै गर्दा उनी चढेको प्रदेश ३ ०२००९ प ७६२१ को मोटसाइकललाई ट्रकलाई ठक्कर दिएको थियो । पछाडि बसेका केसीका छोरा गम्भिर घाइते भएका छन् । उनको अहिले ओम समाज अस्पतालमा उपचार भैरहेको छ ।
ठक्कर दिएर भागेको सवारीको खोजी भैरहेको प्रहरीले जनाएको छ । स्थानियले ठक्कर दिने सवारीलाई नियन्त्रणमा नलिएसम्म शव नबुझ्ने बताएका छन् ।











प्रतिक्रिया