१० मंसिर २०८३, बिहिबार

जनकपुरमा भेटिएको शंकास्पद वस्तु बम नभएको पुष्टि

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनुषा, ७  पुस । जनकपुरधाम उपमहानगरपालिका वडा नं ४ स्थित नेपाल पत्रकार महासंघ धनुषाको कार्यालय, नेपाल राष्ट्र बैंक र संघीय प्रहरी इकाई कार्यालय नजिकै रहेको शुक्रबारे बजार अगाडि फेला परेको शंकास्पद वस्तु नक्कली रहेको सेनाले पुष्टी गरेको छ ।

गएराति करीब १२ बजेदेखि नै देखा परेको सो नक्कली बमलाई धनुषाको महेन्द्रनगरस्थित नेपाली सेनाको टोलीले बिहान साढे ९ बजे डिस्पोज गरेको छ ।

स्थानीयलाई तर्साउने उद्देश्यले बम जस्तै तार झुण्डिएको पुत्लाको डेन रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।