१० मंसिर २०८३, बिहिबार

जनकपुरमा प्रहरी कार्यालय नजिकै शंकास्पद वस्तु फेला

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनुषा, ७  पुस । धनुषाको जनकपुर उपमहानगरपालिका वडा नम्बर ४ को शुक्रबारे बजार नजिकै शंकास्पद वस्तु फेला परेको छ ।

बिहानै बीच सडकमा शंकास्पद वस्तु देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

घटनास्थलदेखि जिल्ला प्रहरी कार्यालय पनि नजिकै पर्छ । शंकास्पद वस्तु फेला परेपछि प्रहरीले सडकमा आवतजावत ठप्प पारेको छ ।

शंकास्पद वस्तु पहिचानका लागि नेपाली सेनाको डिस्पोजल टोली घटनास्थलमा पुगेको छ ।