५ कार्तिक २०८३, बिहिबार

लुम्बिनीमा यतीका आङछिरिङकाे गुम्बा

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, ७ पुस । लुम्बिनीमा आङछिङिको नाममा गुम्बा बनाउन सरकारी उच्चअधिकारीहरू नै लागिपरेका छन् ।

लुम्बिनी विकास कोषका संरक्षकसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको दबाबमा लुम्बिनीमा आङछिरिङको नाममा ‘आङछिरिङ शेर्पा गुम्बा’ बनाउन जग्गा उपलब्ध गराएको कोष स्रोतले बतायो ।

उनको नाममा गोन्पा गुम्बा बनाउन कोषले १४ रोपनी जग्गा उपलब्ध गराएको छ। शेर्पाको नाममा बन्न लागेको गोन्पा भवनको प्रधानमन्त्री ओलीले गत जेठमा नै शिलान्यास गरेका हुन् ।

शिलान्यास कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपालको पर्यटन, होटल र हवाई क्षेत्रमा शेर्पाका अतुलनीय योगदान रहेको भन्दै प्रशंसा गरेका थिए। नागरिक दैनिकले खबर छापेकाे छ ।