१० मंसिर २०८३, बिहिबार

एमसीसीको सम्बन्धमा नेकपामा आज पनि सहमति जुटेन, समाधानको जिम्मेवारी सचिवालयलाई

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ पुस ।   नेकपा केन्द्रीय समिति बैठकमा आज पनि विवादास्पद मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीको विषयमा सहमति नजुटेपछि आज पनि बैठक सकिएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय समिति बैठक अब पुस २३ गतेदेखि बस्ने भएको छ।

राजनीतिक प्रतिवेदन परिमार्जनसहित पारित गर्दै स्थायी समिति बैठकले केन्द्रीय समिति बैठकको मिति तय गरेको हो। विधान प्रतिवेदनमाथि भने केन्द्रीय समितिमा छलफल हुने भएको छ।

केन्द्रीय समितिमा छलफलपछि मात्र विधान प्रतिवेदन पारित हुनेछ।

स्थायी समितिमा सबैभन्दा बढी विवादास्पद बनेको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को विषयमा थप छलफलपछि सचिवालयले टुंगो लगाउने भएको छ। अघिल्लो आइतबार सुरु भएको स्थायी समिति बैठक आज टुंगिएको हो।

यो विषयमा सहमति नजुटेपछि सचिवालयलाई विवाद समाधानको जिम्मेवारी दिादै बैठक टुंगिएको हो।