
काठमाडौं, ६ पुस । आइतबार विहानै दैलेख ठाँटीकाँध गाउँपालिका प्रमुख धीरबहादुुर शाही र पत्नी इला शाहीलाई अज्ञात समूहले अपहरण गरेको थियो ।
पत्नी इलालाई जंगलमा छाडेर उक्त समूहले गाउँपालिका अध्यक्षलाई भने बन्धक बनाएको बताइएको छ ।
प्रत्यक्षदर्शीले दुवै जनालाई अपहरण गरी एउटा समूहले लगेको बताएका छन् । प्रहरीले यस विषयमा औपचारिक जानकारी दिएको छैन ।
ठाँटीकाँध–२ श्रीपाटामा रहेको घरबाटै दुवै जनालाई बन्धक बनाई अपहरण गरिएको थियो ।
उनीहरूको खोजीका लागि तीन जिल्लाका प्रहरी परिचालन गरिएको बताइएको छ । कालिकोट, सुर्खेत र दैलेख प्रहरीले खोजी जारी राखेको छ ।











प्रतिक्रिया