१० मंसिर २०८३, बिहिबार

फरार प्रतिवादीको आरोपमा गाउँपालिकाका अध्यक्ष पक्राउ

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ पुस ।  सवारी ज्यान मुद्वामा बाराको विश्रामपुर गाँउपालिकाका अध्यक्ष पक्राउ परेका छन् ।

सवारी ज्यान मुद्वामा फरार प्रतिवादीको आरोपमा गाउँपालिकाका अध्यक्ष अमिरीलाल राउत पक्राउ परेका हुन् ।

राउतलाई जिल्ला अदालत बाराले २०६३ सालको भदौ २९ गते सवारी ज्यानमुद्धामा २९ दिन कैद र २ हजार रुपैयाा जरिवानाको फैसला सुनाएको थियो ।

उनलाई आइतबारै अदालतमा हाजिरी गराई अदालतको आदेशअनुसार कैद सुजाय भुक्तानको लागि साँझ कारागार पठाइनेछ ।

२०६१ सालमा एक वृद्धालाई आफैंले चलाएको बाइकबाट दुर्घटना भएपछि वृद्धाको मृत्यु भएको थियो।

उक्त घटनामा बारा जिल्ला अदालतले २०६३ भदौ २९ गते भेडिहरलाई दोषी ठहर गर्दै उनलाई २९ दिन कैद र २ हजार जरिवाना सजाय सुनाएको थियो।

घटना भएको १५ वर्षसम्म उनी बाहिरै थिए। फौजदारी अपराधमा कसुरदार भएर पनि उनी चुनाव लडेर गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए।