२ कार्तिक २०८३, सोमबार

एमालेको कडा चेतावनी- काँग्रेस संविधान निर्माण प्रक्रियामा नगए सरकारमा नबस्ने निर्णय

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

UML_Yemaleकाठमाडौं, १८ फागुन । नेकपा एमालेले संविधान निर्माण प्रक्रियामा नेपाली कांग्रेसले साथ नदिएर सत्ता साझेदार बन्न नसकिने निष्कर्ष निकालेको छ ।

सोमबारको एमाले केन्द्रीय कार्यालय मदननगर बल्खुमा बसेको स्थायी समिति बैठकले एकीकृत नेकपा माओवादी सहमति आउन नचाहेको र संविधान पनि बनाउन नचाहेको निष्कर्ष निकाल्दै कांग्रेसले संविधान निर्माण प्रक्रिया अगाडी बढाउन साथ नदिए सत्ता साझेदार भएर साथ दिन नसकिने निर्णय गरिएको महासचिव इश्वर पोखरेलले जानकारी दिनुभयो ।

काँग्रेसको आसन्न महाधिवेशनको असरका कारण संविधान निर्माणको प्रक्रियामा आफूहरुसँगको सहमतिअनुसार सो पार्टी अघि बढ्न नसकेको पाइएको विश्लेषण गरिएको महासचिव पोखरेलले बताउनुभयो ।

बैठकमा संविधान नबन्ने स्थिति भएमा एमाले सरकारमा बसिरहनाको अर्थ नहुने विषयमा पनि छलफल भएको छ ।

वैकल्पिक केन्द्रीय सदस्यको मनोनयन र केन्द्रीय सदस्यको कार्यविभाजनबारे हुने भनिएको स्थायी समितिको बैठकमा समसामयिक राजनीतिका सम्बन्धमा छलफल भएकाले साङ्गठनिक कार्यसूचीमा कुनै निर्णय नभएपछि बैठक मङ्गलबार बिहान ११ बजे पुनः बस्नेछ ।