१० मंसिर २०८३, बिहिबार

स्थायी समितिका जवाफ दिन प्रचण्डद्वारा सचिवालयमा छलफल

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ पुस । स्थायी समिति बैठकमा उठेका प्रश्नको जवाफ दिनका लागि नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिबार सचिवालय सदस्यसँग परामर्श गरेका छन् ।

आकस्मिक रुपमा सचिवालयको बैठक राखी उनले हालै उठेका प्रश्नका विषयमा उत्तर दिन र पार्टीको लाइनलाई क्लियर पार्न नेताहरूसँग परामर्श गरेको बताइएको छ ।

स्रोतका अनुसार सचिवालयबाट आएका सुझावका आधारमा नै प्रचण्डले स्थायी समितिमा उत्तर दिनेछन् । उनले अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट पनि उत्तर दिनेछन् ।