४ कार्तिक २०८३, बुधबार

‘सेल्फी किङ’काे जाली रुमाल…मा केकीकाे धमाका

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । चलचित्र सेल्फी किङको एउटा लोकशैलीको गीत जाली रुमाल…मा अभिनेत्री केकी अधिकारीको छमछमी नृत्य निकै आकर्षक देखिएकी छिन् ।

आगामी माघमा रिलिज हुने यो चलचित्रको टिजर पछि गीतको भिडियो रिलिज गरिएको हो ।

गीतमा अभिनेता विपिन कार्कीसँगै केकीअधिकारी र भीमफेदी गाइजको अभिनय छ । कथाअनुसार चलचित्रमा आउने गीति कार्यक्रमको माहोलमा यी कलाकारले नृत्य गरेको यसका निर्माता दिनेश राउतले बताएका छन् । गीतमा बी पाण्डेको शब्द, सुभाष भुषालको संगीत, अन्जु पन्त र पुरुषोत्तम सुवेदीको स्वर रहेको छ ।

गीतलाई भीमफेदी गाइजकै निर्मल लामाले कोरियोग्राफ गरेका हुन् । सोलुको सल्लेरीमा छायांकन गरिएको गीतमा केकी कलाकारकै रूपमा सांस्कृतिक कार्यक्रममा सहभागी भएकी हुन् ।

जहाँ विपिन हास्य कलाकारका रूपमा प्रस्तुत भएका छन् । यो गीत मन परेकै कारण यसमा नृत्य गरेको केकीले बताएकी छन् ।

सेल्फीकिङ नामले परिचित एक चर्चित हास्य कलाकारले टेलिभिजनमा हसाउने क्रममा पाएको सफलता र व्यक्तिगत जीवनबीचको सन्तुलन मिलाउन गर्ने संघर्षको कथा यसमा देखाइने निर्देशक विशाल सापकोटाले बताएका छन् ।

यो चलचित्रमा विपिनसँग लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणि सापकोटा, सविन बाँस्तोला, कमल देवकोटा, राजेश बिसुराललगायतका कलाकारको अभिनय छ ।