१० मंसिर २०८३, बिहिबार

गुल्मीमा गोठमा आगो लाग्दा एक जनाको मृत्यु

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गुल्मी, ५ पुस । गुल्मी जिल्लाकाे इस्मा गाउँपालिका ३ तोरीपाटामा गोठमा आगो लाग्दा एक जनाको ज्यान गएको छ ।

स्थानीय चिन्ता बहादुर सार्कीको गोठमा राती आगो लागेको छिमेकी सुरज बमरेलले जानकारी दिए । जलेको अवस्थामा एक जनाको शब फेला परेपनि पहिचान नभएको इस्मा प्रहरी चौकीका प्रहरी हवल्दार दया बहादुर अधिकारी जानकारी दिए ।

गोठ भएको घरका कोहि व्यक्ति नभएकाले शब छिमेकी वा बाहिरको भन्ने अनुसन्धान भैइरहेको अधिकारीले बताए । गोठमा रहेका भैंसी र गोरु जलेको अबस्थामा रहेका छन ।