२ कार्तिक २०८३, सोमबार

पत्रकारलाई मुद्दा लगाइएकामा चौतारीको ध्यानाकर्षण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Press-chautari-Nepalकाठमाडौँ, १८ फागुन । प्रेस चौतारी नेपालले आफ्ना बाँके शाखाका साधारण सदस्य तथा माउन्टेन टेलिभिजनका नेपालगन्जस्थित समाचारदाता क्षेत्रनाथ देवकोटा आकाश र सगरमाथा टेलिभिजनका समाचारदाता तथा नेपाल पत्रकार महासङ्घ जिल्ला सचिव तिलक गाउँलेलाई सार्वजनिक अपराधसम्बन्धी मुद्दा दर्ता गरिएकामा ध्यानाकर्षण भएको जनाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत माघ २६ गते घुस प्रकरणमा नेपाल प्रहरीका सहायक निरीक्षक सुमन खरेलसहित ती पत्रकारलाई पनि मुद्दा दर्ता गराएको थियो ।

चौतारीका महासचिव माधव नेपालले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा समाचार सङ्कलनका क्रममा घटनास्थल पुगेका पत्रकारद्वय देवकोटा र गाउँलेलाई प्रहरीले अनुसन्धानका लागि फुटेज माग गर्दा नदिएकै कारण पूर्वाग्रही ढङ्गले मुद्दा दर्ता गरी राज्यशक्तिको दुरुपयोग गर्न खोजेको आरोप लगाएको छ ।

पेसागत स्वतन्त्रता र संविधानप्रदत्त अधिकारका लागि आन्दोलनमा जान बाध्य हुने चेतावनी पनि चौतारीले दिएको छ । रासस