२ कार्तिक २०८३, सोमबार

योगेशले भट्टराईले प्रचण्डलाई भने–‘मैदानबाट बाहिर गएपछि कसरी गोल हुन्छ ?’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

yogesh-rawalकाठमाडौं, १८ फागुन । नेकपा एमालेका सचिव योगेश भट्टराईले सडक आन्दोलनमा जाने निर्णय गरेर एकीकृत नेकपा माओवादीले ठुलो गल्ति गरेको बताउनुभएको छ ।

बीएनसी शिक्षण अस्पताल उद्घाटनका क्रममा झापा पुगेका सचिव भट्टराईले आन्दोलनमा गएर एमाओवादी मोर्चाले गल्ति गरेको बताउनुभएको हो । उहाँले एमाओवादीलाई सडक आन्दोलन छाडेर सहमतिमा आउन आग्रह समेत गर्नुभयो ।

उहाँले प्रचण्डलाई आग्रह गर्नुभयो-‘मैदानमा भएको बललाई छाडेर सडकमा गए कसरी गोल हुनसक्छ । आउनुहोस्, मैदानमा मिलेर मैत्रीपूर्ण खेलमा संगसँगै गोल गरौं ।’

एमाओवादी नेतृत्वको ३० मोर्चाका संयोजक प्रचण्डले फागुन १६ को खबरदारीसभामा बल कांग्रेस-एमालेको कोटमा भएको अभिव्यक्तिमा भट्टराईले प्रचण्डलाई भन्नुभयो-‘बललाई छाडेर मैदान बाहिर गए कसरी गोल हुन्छ । मैत्रीपूर्ण खेल्न तपाईँहरुलाई निम्तो छ ।’

भट्टराईले प्रचण्डलाई संविधान निर्माणमा प्रतिस्पर्धा नगरी मैत्रीपूर्ण खेलबाटै समाधान खोज्नुपर्ने सुझाव दिनुभयो । एमाओवादीलाई संविधान निर्माणमा विदेशी शक्तिको आश नगर्न सचिव भट्टराईले आग्रह गर्नुभयो । ‘हाम्रो समस्यामा डाँडापारीका मान्छेहरुको मुख ताक्नु पर्दैन् । हामी आफै सक्षम छौं, सबैको प्रयासले अवश्य सफल भइन्छ ।’