
काठमाडौं, ४ पुस । संसद सचिवालयकी महिला कर्मचारीलाई जबरजस्ती गरेको आरोप लागेपछि पुर्पक्षकालागि सभामुख थुनामा गएपछि रिक्त रहेको सभामुख पदकालागि चयन पक्रिया पुस ११ गतेबाट सुरु हुने भएको छ ।
संसद कार्यव्यवस्था परामर्श समितिको बैठकले यस्तो निर्णय गरेको हो । संसदको हिउँदे अधिवेशन शुक्रबार अपरान्ह ४ बजे आव्हृान भएको छ। बैठकको विषयबस्तु तय गर्न बसेको परामर्श समिति बैठकले अर्को बैठक ११ गते बस्ने र त्यहि बैठकबाट सभामुख चयन प्रक्रिया सुरु गर्ने सहमति जुटाएको हो।
सभामुख चयन गर्न संघीय संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईको अध्यक्षतामा निर्वाचन समिति बनाउने संसद नियमावलीमा उल्लेख छ।
शुक्रबारको बैठकपछि उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई राजीनामा गराउने तयारी सत्तारुढ दल नेकपाको छ। उनी नेकपाबाट उपसभामुख बनेकी थिइन।
संविधानमा एउटै पार्टी र एउटै लिङ्गको सभामुख र उपसभामुख बन्न नपाउने व्यवस्था छ।











प्रतिक्रिया