२ कार्तिक २०८३, सोमबार

बाढीपीडितलाई आयआर्जन गर्न बाख्राका पाठा वितरण

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

samarbeid-hender– यज्ञप्रसाद सापकोटा
बर्दिया, १८ फागुन । बर्दियाको महम्मदपुर गाविसमा २० घरपरिवार बाढीपीडितलाई बाख्राका पाठी वितरण गरिएको छ ।

लुथरन वल्र्ड रिलीफको आर्थिक सहयोगमा दलित महिला उत्थान संघले महम्मदपुर गाविसमा प्रतिघरपरिवार २ वटाका दरले बाख्राका पाठा वितरण गरेको हो ।

यस अघि दलित महिला संघले पदनाह र महम्मदपुरका ८४ घर परिवारलाई २ वटाका दरले बंगुरका पाठा वितरण गरीसकेको जनाएको छ ।

२ सय घरपरिवार बाढीपीडितलाई पशुपालन व्यावस्थापन तालिम दिई प्रतिघरपरिवार ५ हजारका दरले खोर निर्माणमा सहयोग गरेर बाख्रा र बंगुरको पाठा वितरण गरीएको कार्यक्रम संयोजक डम्बर सुनारले बताउनुभयो ।

बाढीपीडितहरुको आय स्तरमा सघाउ पुर्याउने उद्देश्यले बंगुर र बाख्राका पाठा वितरण गरेको दलित महिला संघकी अध्यक्ष विमला विकले बताउनु भयो ।

आगामी दिनमा पदनाह गाविसमा ९६ घरपरिवारमा बाख्राका पाठा वितरण गर्ने कार्यक्रम रहेको कार्यक्रम संयोजक सुनारको भनाई छ । यस अघि ८ सय घरपरिवारलाई कृषि सम्बन्धी तालिम दिई कृषि वीउविजन वितरण गरेको थियो ।