४ कार्तिक २०८३, बुधबार

बलिउड नायिकालाई आठ दिन जेल सजाय

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । भारतका पूर्व प्रधानमन्त्री जवाहरलाल नेहरूबारे आपत्तिजनक टिप्पणी गरेपछि पक्राउ परेकी बलिउड अभिनेत्री पायल रोत्हागीलाई अदालतले आठ दिनका लागि हिरासतमा पठाएको छ ।

पायलले सामाजिक सञ्जालमार्फत नेहरू परिवारबारे टिप्पणी गरेपछि गत आइतबार राजस्थानको बुन्दी प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

सोमबार राजस्थान बुन्दीको जिल्ला अदालतले धरौटीमा छुट्ने निवेदन अस्वीकार गर्दै आठ दिनसम्म थुनामा राख्न निर्देशन दिएको छ ।

पायलले आफू पक्राउ पर्नुअघि नै गत डिसेम्बर १३ तारिखका दिन धरौटीमा छुट्न पाउँ भन्दै निवेदन दिएकी थिइन् । पायलले आफ्नो फेसबुकमार्फत भिडिओ बनाई नेहरू परिवारबारे टिप्पणी गरेकी थिइन् ।

उनले जवाहरलाल नेहरूका पिता मोतीलाल नेहरू र जवाहरलालकी श्रीमतीको ‘बदनाम’ समेत गरेकी थिइन् । भिडिओ सार्वजनिक भएपछि कंग्रेस युवा नेता चर्मेस शर्माले सामाजिक सञ्जालमार्फत गालीगलौज गरेको आरोपमा मुद्दा दायर गरेका थिए ।

शर्माले यस भिडिओले प्रधानमन्त्रीको मानहानी मात्रै नभई छाडापन फैलिने र महिलाहरूको अपमान हुने बताए । पायलले उक्त भिडिओबारे माफीसमेत मागिसकेकी थिइन् ।