काठमाडौं, ४ पुस । संसदको हिउँदे अधिवेशन आजदेखि शुरु हुँदै छ । अधिवेशन अपरान्ह चार बजे संसद भवन नयाँ बानेश्वरमा शुरू हुनेछ ।
बैठक शुरु हुने भएपनि अध्यक्षता कसले गर्ने भन्नेबारेमा अन्याैलता छ ।
सभामुख नभएकाे अवस्थामा बैठकको अध्यक्षता उपसभामुखले गर्ने संविधानमा व्यवस्था भएपनि प्रतिनिधिसभा नियमावलीमा बैठकको प्रारम्भ र स्थगन सभामुखले मात्र गर्न पाउने प्रावधान छ।
सभामुख नभएकाे अवस्थामा आज बस्ने संसद बैठकको अअध्यक्षता कसले गर्ने भन्नेमा अन्यौलता भएकाे छ ।
उपसभामुख शिवमाया तुम्वाहाम्फले राजीनामा दिने निश्चित भए पनि भावी सभामुख कसलाई बनाउने भन्ने विषयमा सत्तारुढ नेकपा निष्कर्षमा पुग्न नसकेपछि अन्यौलता छ ।











प्रतिक्रिया