
काठमाडौं, ३ पुस । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विहीबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् ।
ओलीको सरकारी निवास बालुवाटारमा नेता रमेश लेखकसहित पुगेका देउवाले संवैधानिक परिषद् सम्बन्धी विधेयक नल्याउन भनेका हुन् ।
बालुवाटार स्रोतका अनुसार कांग्रेस केन्द्रीय समितिको निर्णयसम्बन्धी जानकारी गराउँदै विधेयक ल्याए मान्य नहुने देउवाको चेतावनी थियो ।
प्रधानमन्त्री ओलीलाई सुरुमा स्वास्थ्य अवस्थाको बारेमा देउवाले सोधेका थिए ।











प्रतिक्रिया