१० मंसिर २०८३, बिहिबार

अधिवेशन सुरु गरेपछि उपसभामुखको राजीनामा

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ पुस । शुक्रबारदेखि सुरु हुने संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको हिउँदे अधिवेशनमा सभामुखको हैसियतमा बैठक सुरु गरेपछि उपसभामु शिवमाया तुम्वाहाम्फेले राजीनामा गर्ने भएकी छन् ।

नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वसँगको समझदारीका आधारमा तुम्वाहाम्फे यो निर्णयमा पुगेकी हुन् । नेकपा नेतृत्वले उनको मागबमोजिम नै सभामुखको हैसियतमा बैठक चलाउने सहमति जनाएको थियो ।

यद्यपि नियमावलीले उपसभामुखले बैठकको अध्यक्षता गर्न मिल्दैन । यसलाई व्यवाहारिक पाटोका रुपमा हेरिएको छ । उनले राजीनामा गरेपछि नयाँ सभामुखका लागि चुनावको बाटो खुल्नेछ ।