१० मंसिर २०८३, बिहिबार

पत्नीलाई उपसभामुख बनाउन पतिको दौडधुप

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ पुस । नेकपा (मशाल)का महामन्त्री मोहनविक्रम सिंहले आफ्नी कान्छी पत्नी दुर्गा पौडेललाई उपसभामुख वा मन्त्री बनाउन सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो तहका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसँग आग्रह गरेका छन् ।

दाहालसँगको भेटमा नेता सिंहले पौडेललाई उपसभामुख बनाउन आग्रह गरेका हुन् । उपसभामुख बनाउन नसके मन्त्री भएपनि बनाउन सिंहले दाहालसँग आग्रह गरेको नेकपा निकट उच्च स्रोतले जनाएको छ ।

सरकारलाई समर्थन गरेकी पौडेल तत्कालीन एमालेको समर्थनमा प्यूठानबाट प्रतिनिधि सभामा विजयी भएर आएकी थिइन् । पौडेल प्रतिनिधि सभामा स्वतन्त्र सांसदको हैसियतमा छिन् ।

सभामुख नेकपाले लिएमा उपसभामुख पद नेकपाले लिन नमिलने संवैधानिक व्यवस्था छ ।  त्यसैले उक्त पद पौडेलका लागि उपयुक्त हुने सिंहले नेकपाका अध्यक्ष दाहालसँग आग्रह गरेका छन् ।

संसदको अधिवेशन पुस ४ गतेबाट शुरु हुँदैछ । सभामुख र उपसभामुखका लागि दौडधूप चलेको छ ।