मुम्बइ । बलिउड पछिल्लो समय विभाजित देखिन थालेको छ । भाजपा सरकारलाई हेर्ने दृष्टिकोणमा बलिउडका धेरै कलाकारहरुको फरक फरक मत छ ।
आमिर खान, नसिरुद्धिन शाहलगायत कलाकारले मोदी सरकारको उदयपछि भारतमा असहिष्णुता बढेको बताउने गरेका थिए, त्यही अक्षय कुमार, अजय देवगनजस्ता स्टारले उनीहरुको खण्डन गर्दै सरकारको बचाउ गर्ने गरेका थिए ।
यो मुद्दा हो हालै भारतीय संसदले पास गरेको नागरिकता ऐनको संशोधन । संशोधनले बंगलादेश, अफगानिस्तान र पाकिस्तानबाट २०१४ डिसेम्बरभन्दा पहिले शरणार्थीका रुपमा भारत आएकालाई नागरिकता दिने व्यवस्था गरेको छ । तर, यसमा मुस्लिम धर्म मान्नेलाई भने समावेश गरिएको छैन ।
संशोधनको भारतका विभिन्न स्थानमा विरोध भइरहेको छ भने सर्वोच्च अदालतमा पनि मुद्दा परेको छ । यी प्रदर्शनमध्ये पछिल्लो समय दिल्लीको जामिया मिलिया इस्लामिया विश्वविद्यालयका विद्यार्थीको प्रदर्शन र त्यसमा भएको पुलिसको दमनको चौतर्फी विरोध भएको छ । यो विरोधले बलिउड स्टारहरुको पनि ध्यान तानेको छ ।
जेएनयूकी पूर्व विद्यार्थी अभिनेत्री स्वारा भास्कर राजनीतिक र समाजिक विषयमा ट्विटरमा टिप्पणी गरिरहनेमा पर्छिन् । उनले यस्तो विषयमा नबोल्ने कुरै भएन । विद्यार्थीमाथिको दमनको विरोधमा बलिउडका प्रायः सबैजसो कलाकार खनिए ।
अजय देवगनदेखि फरहान अख्तर, कंगना रनावत हुँदै वरुण धवनसम्मका स्टारले यसको विरोध गरेका छन् । वरुणले त आफू मुम्बईमा भएको र सुरुमै दिल्लीको कुरा थाहा नभएको भन्दै ट्विट गरे । रोशन अब्बासले चाहिँ शाहरुख खान यस्तो मुद्दामा किन चुप भनेर प्रश्न गरे ।















प्रतिक्रिया