
काठमाडौं, २ पुस । सरकारले नेपाल प्रहरीका महानिरिक्षक (आईजी) सर्वेन्द्र खनाललाई बेरुजु फस्र्यौटमा उत्कृष्ट काम गरेको भन्दै नगदसहित पुरस्कृत गर्ने भएको छ ।
गृह मन्त्रालयले आईजी खनाललाई १० हजार नगदसहित पुरस्कृत गर्ने निर्णय गरेको बताइएको छ । बेरुजु फस्र्यौट मूल्यांकन तथा अनुगमन समितिले खनालसहित पाँच जना प्रहरी कर्मचारीलाई पुरस्कृत गर्ने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ ।
अघिल्लो बर्ष पनि आईजी खनालले उत्कृष्ट काम गरेका थिए । प्रहरीले २०७४/७५ सम्मको कुल बेरुजु रकममध्ये ८८.५० प्रतिशत बेरुजु फस्र्यौट गरेर उत्कृष्टता हात पारेको हो । आर्थिक वर्ष २०७४/७५ को लेखा परीक्षण भएको अंकमा १ दशमलव ८० प्रतिशत मात्र बेरुजु कायम गर्न प्रहरी सफल भयो ।
मन्त्रीस्तरीय निर्णयले प्रहरी महानिरीक्षक खनाललाई पुरस्कृत गर्ने निर्णय गरेको हो । आर्थिक वर्ष २०७३/७४ मा नेपाल प्रहरीमा कायम कुल बेरुजुमध्ये समग्रमा ८५ दशमलव १४ प्रतिशत बेरुजु फस्र्यौट गरेको भन्दै गृह मन्त्रालयले प्रहरीलाई पुरस्कृत गरेको हो ।











प्रतिक्रिया