
काठमाडौं, २ पुस । प्रहरी निरिक्षकलाई १५ हजार रुपैंया घुस दिँदा एक गोरु व्यापारी अख्तियारको फन्दामा परेका छन् ।
स्याङ्जा वालिङको वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षकलाई घुस दिन खोज्दा रुपन्देही बसन्तपुर गाउँपालिका ४ का जहरुद्धिन तेली लाई पक्राउ गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बुझाइएको छ ।
प्रहरी निरीक्षक आफ्नै कार्यकक्षमा रहेका बेला गोरु ब्यापारमा सहयोग माग्दै १५ हजार रुपैयाँ दिएपछि प्रहरीले पक्राउ गरी अख्तियारमा बुझाएको हो ।











प्रतिक्रिया