१० मंसिर २०८३, बिहिबार

स्याङ्जामा घुस खुवाउन खाेज्ने व्यापारी पक्राउ

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वालिङ, २ पुस । स्याङ्जा जिल्लामा वडा प्रहरी कार्यालय वालिङका प्रमुखलाई घुस खुवाउन पुगेका व्यापारी आफै फन्दामा परेका छन् ।

मंगलबार १५ हजार रुपियाँ  घुस खुवाउन खाेज्काने व्यक्तिलाइ प्रहरी निरीक्षक निरन्जन घिमिरे पक्राउ गरेका हुन् ।

रुपन्देहीको वसन्तपुर गाँउपालिका ४ घर भइ वालिङ नगरपालिका ८ बस्दै आएका जहरुद्दीन मियाँ पैसा बोकेर प्रहरी प्रमुखकोमा पुगेका हुन् ।

मियाले गोरु व्यापार गर्नुपर्यो, ल यो तपाइ राख्नुहोस् भन्दै घिमिरेको टेबलमा पैसा राखेका थिए ।

त्यसलगत्तै मियाँलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता हेमराज घिमिरेले जानकारी दिएका छन् ।

पक्राउ परेका ५१ वर्षीय मियाँलाई रकमसहित आवश्यक काबाहीको लागि मंगलबार नै अख्तियार दुरूपयोग अनुसन्धान आयोग पोखरा पठाइएको प्रवक्ता घिमिरेले बताए ।