४ कार्तिक २०८३, बुधबार

अक्षय कुमारलाई बहिष्कार गर्न ह्यासट्याग

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । बलिउड अभिनेता अक्षय कुमार सामाजिक सञ्जालमा आलोचित बनेका छन्। नयाँ दिल्लीस्थित जामिया मिलिया इस्लामी विश्वविद्यालयका विद्यार्थीमाथि प्रहरीले गरेको दुर्व्यवाहारको भिडियोमा लाइक गरेपछि उनी सामाजिक सञ्जालमा आलोचित बनेका हुन् ।

‘जामियामा स्वतन्त्रता मिलेको छ, बधाई छ’ शीर्षकको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। अभिनेता अक्षय कुमारले लाइक गरेको सो भिडियोको स्क्रिन सर्ट सामाजिक सञ्जालमा सेयर भएको थियो। सामाजिक सञ्जाल ट्वीटरमा ‘क्यानेडियन अक्षय कुमारलाई बहिष्कार गरौं’ ह्यासट्याग ट्रेन्डिङमा परेको छ ।

उनले भारतीय प्रहरीको खिल्ली उढाएको भन्दै व्यंग्यात्मक स्ट्याटस सामाजिक सञ्जालमा पोस्ट भएका थिए। सो ह्यासट्याग ट्रेन्डिङमा आएपछि अभिनेता अक्षय कुमारले गल्तीवश भिडियोमा लाइक भएकोमा माफी माग्दै ट्वीट गरेका थिए ।

‘गल्तीवश जामिया मिलिया विद्यार्थीहरूको ट्वीटमा लाइक भएको थियो। सामाजिक सञ्जाल स्क्रोल गर्नेक्रममा गल्तीवश सो भिडियोमा लाइक हुन पुगेको थियो ।

यस्ता खालका गतिविधिलाई समर्थन नगर्ने हुँदा तत्काल मैले अनलाइक गरिहालेको थिएँ,’अभिनेता अक्षय कुमारले ट्वीट गरेका थिए। उनको सो ट्वीटपछि ट्वीटरमा क्यानेडियन कुमार ट्रेन्डिङ भएको थियो ।

जामिया मिलिया इस्लामी विश्वविद्यालयका भारतीय प्रहरी प्रवेश गरेपछि भारतमा यतिबेला नागरिकता संसोधन कानुनको विरुद्धमा आन्दोलन चर्किएको छ ।