२ कार्तिक २०८३, सोमबार

खाद्यान्न बोक्न २ दिनको पैदल यात्रा अब एक दिनमै पुग्न सकिने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जाजरकोट, १८ फागुन । जाजरकोट-डोल्पा सडकखण्डअन्तर्गत ९२ किलोमिटर बाटो खोलिएको छ ।

जाजरकोटदेखि डोल्पाको दुनैसम्मको कुल ११७ किलोमिटर लम्बाइमध्ये ९२ किलोमिटरमा बाटो खोलिएको निर्माण कार्यदलका प्रमुख इन्जिनियर विश्वबन्धु पहाडीले जानकारी दिनुभयो ।

बाटो खोलिएको सडकमध्ये ६० किलोमिटर खण्डमा यातायातका साधन सञ्चालनमा ल्याइएको छ । डोल्पाको दुनै पुग्न बाँकी रहेको २५ किलोमिटर सडकखण्डमा अहिले काम भइरहेको छ ।

कडा चट्टानले बनेको यो बाँकी सडक अबको दुई वर्षभित्र डोल्पाको सदरमुकाम दुनै पु¥याउने उद्देश्य रहेको पहाडीले जानकारी दिनुभयो । यो आर्थिक वर्षमा यो सडकका लागि रु १४ करोड विनियोजन गरिएको छ ।

सडक निर्माणलाई तीव्रता दिन तीन ठाउँमा आधार शिविर खडा गरेर नेपाली सेनाले काम थालेको पहाडीले जानकारी दिनुभयो । सडक निर्माणमा १५ वटा कम्प्रेसर मेसिन सञ्चालन गर्न आवश्यक पर्ने पेट्रोलियम पदार्थ कार्यस्थलभन्दा करिब २२५ किलोमिटर टाढा भएका कारण निर्माणमा समस्या हुँदै आएको छ ।

दैनिक दुई हजार लिटर तेल आवश्यक पर्ने भएका कारण त्यो तेल ओसार्न ट्याक्टर, खच्चड प्रयोग गर्नुपर्ने बाध्यता छ ।