बनेपा, १८ फागुन । काभ्रेपलाञ्चोकको पाँचखालमा बलात्कृत एक किशोरीको परिवार गाउँबाट विस्थापित हुँदैछ ।
पीडितका परिवारले खास कारण नखोले पनि छोरीलाई भारतको देहरादुन पढाउने र आफूहरु चितवनको टाँडीमा बसाइँसराइ गर्न लागेकोे जनाएको छ ।
सो परिवारले पाँचखालमा रहेको आधा रोपनी जग्गा र सोही जग्गामा बनेको घर रु नौ लाखमा बिक्रीका लागि सूचना टाँस गरेको छ । त्यो परिवार अन्य दुई छोराछोरीको साथमा चितवनको टाँडीमा जाने निधो भएको जनाइएको छ ।
उनलाई बलात्कार गर्ने पाँचखाल नगरपालिका– ३ का आदित्य अधिकारी र उनका अर्का साथीलाई प्रहरीले पक्राउ गरी छानबिन थालेको थियो । तर उनका साथी अदालतको आदेशमा धरौटीमा रिहा भएका छन् भने अधिकारी पुर्पक्षका लागि थुनामा छन् ।
पीडित किशोरीले सो घटनापछि पाँचखालमा बस्ने वातावरण नभएको भन्दै घर बिक्रीबाट आएको रकमले आफू विज्ञान विषय लिएर पढ्न देहरादुन जाने बताएकी छिन् ।
बुबाआमा र भाइबहिनी चितवनमा रहेको मामाको घरमा बस्ने योजनाको प्रस्ताव पनि उनले गरेको पीडित परिवारले जनाएको छ ।















प्रतिक्रिया