१० मंसिर २०८३, बिहिबार

ट्रक र अटो ठोक्‍किँदा २ को मृत्यु

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनकुटा, २९ मंसिर । धनकुटामा ट्रक र अटो ठोक्‍किँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ । बसन्तपुरबाट धरानतर्फ जाँदै गरेको ट्रक र हिलेबाट जोरपाटी बजारतर्फ जाादै गरेको को २ ह ६६११ नम्बरको अटो जोरपाटी गाउँपालिका २ स्थित फलैचामा आइतबार दिउँसो १२ बजेतिर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा धनकुटा २ का अटोचालक २४ वर्षीय दशरथ पाख्रिन र छथर जोरपाटी गाउँपालिका १ का ४० वर्षीय सांगे शेर्पा रहेका छन्।

दुर्घटनामा २ जना घाइते भएका छन्। घाइतेको धनकुटा अस्पतालमा उपचार भइरहेको छ। अटो तीव्र गतिमा रहेका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ।