१० मंसिर २०८३, बिहिबार

सरकारी छाप दस्तखत किर्ते गर्ने सिंचाइ डिभिजनका प्रमुख पक्राउ

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ मंसिर । सरकारी छाप तथा दस्तखत किर्ते गरेर फरार रहेका सिंचाइ विकास डिभिजन दोलखाका तत्कालीन प्रमुख प्रकाश अधिकारी पक्राउ परेका छन् ।

जलस्रोत तथा सिंचाई विकास डिभिजन दोलखाका तत्कालीन प्रमुख अधिकारीले सरकारी छाप तथा दस्तखत किर्ते गरेर फरार रहेका थिए।

रत्ननगर नगरपालिका(४, चितवन घर भई किर्तिपुर नगरपालिका(२, काठमाण्डौं बस्ने अधिकारीलाई तत्कालीन कार्यरत कार्यालयको सरकारी छाप दस्तखत किर्ते गरेको मुद्दामा शनिबार काठमाडौंमा पक्राउ गरिएको दोलखाका प्रहरी प्रमुख डीएसपी मानबहादुर राईले जानकारी दिए।

पक्राउ परेका अधिकारी यस अघि सेवाग्राहीसाग घुस लिएको आरोपमा निलम्वनको अवस्थामा रहेका थिए।