१० मंसिर २०८३, बिहिबार

सिन्धुपाल्चाेकमा बस दुर्घटना, चार जनाकाे मृत्यु

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिन्धुपाल्चाेक, २९ मंसिर । दोलखा जिल्लाकाे कालिन्चोकबाट भक्तपुर आउँदै गरेको बस सिन्धुपाल्चोक जिल्लामा दुर्घटना भएकाे छ ।

दुर्घटनामा ४ जनाको मृत्यु भएको छ । सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका–७  स्थित ६ किलोमा भन्ने स्थानमा बा ४ ख ४४६८ नम्बरको बस दुर्घटना भएको हो ।

कालिन्चोक मन्दिर दर्शनका लागि रिजर्भ गरेर लगिएको उक्त बस आइतबार बिहान सवा ८ बजे दुर्घटना भएको हो ।

सडकबाट अन्दाजी ५०० मिटर तल खसेको बसमा कति यात्रु सवार थिए भन्ने यकिन नभएको जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकले जनाएको छ ।