विराटनगर, १८ फागुन । सूचना तथा सञ्चार मन्त्री डा मीनेन्द्र रिजालले दलहरुबीच सहमति भए जेठ १५ गतेसम्ममा संविधान जारी हुने विश्वास व्यक्त गर्नुभएको छ ।
विराटनगर विमानस्थलमा आज पत्रकारहरुसँग सङ्क्षिप्त कुराकानी गर्दै संविधानको सम्बन्धमा सम्पूर्ण काम गर्न चार महिना लाग्ने, यदि सहमति हुँदै गयो भने तीन महिनामै पनि संविधान निर्माण हुनसक्ने बताउनुभयो ।
उहाँले प्रतिपक्षीहरुसँग चाँडै वार्ता हुने र उहाँहरु वार्तामा आउने विश्वास व्यक्त गर्नुभयो ।
विगतमा भएका सहमतिकै आधारमा कार्य भइरहेको उल्लेख गर्दै मन्त्री रिजालले ‘‘एमाओवादीलाई हिंसाको बाटोबाट शान्तिको मार्गमा ल्याइएको र मुलुकलाई गरिबीबाट समृद्धितर्फ लग्ने दायित्व सबैको हो’’ भन्नुभयो ।















प्रतिक्रिया