१० मंसिर २०८३, बिहिबार

पौडेललाई भेट्न बोहोराटार पुगे देउवा, अडानबाट टसमस भएनन् पौडेल

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ मंसिर । कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच आज छलफल भएको छ । छलफलमा पार्टी भित्र देखिएका विवादित विषयलाई दुबै पक्षले कसरी मिलाएर जाने भन्ने विषयमा छलफल केन्द्रित भएको थियो ।

पौडेल निवास बोहोराटारमा पौडेललाई भेट्न देउवा आफैँ पुगेका थिए । छलफलका क्रममा नेता पौडेलले महाधिवेशनको कुरालाई मूख्य जोड दिएका बुझिएको छ । पौडेलले १४ औं महाधिवेशनको कार्यतालिका प्रमुख प्राथमिकताका आउनु पर्नेमा जोड दिएका हुन ।

सभापति देउवाले भने आफुलाई विभाग गठन, नेपाल विद्यार्थी संघ र तरुण दलको नयाँ समिति गठनमा सहयोग गर्न पौडेललाई आग्रह गरेको बताइएको छ । देउवाले महाधिवेनको कार्यतालिका समायोजनको काम सकिएपछि आउँने बताएका छन् ।

आपसी सहमतिका आधारमा महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्ने र सहमतिकै आधारमा तल्लो तहका कार्यसमिति गठन गर्ने भन्ने विषयमा दुबै नेताहरुबीच छलफल भएको नेताहरुले बताएका छन् ।

पौडेल समुहले महाधिवेशनको कार्यतालिका अहिले नै सार्वजनिक गरेर जानुपर्ने र केन्द्रीय समितिमा छलफलको प्रस्ताव लैजानुपर्ने अडान लिँदै आएको छ । देउवासंगै बोहोराटार पुगेका कांग्रेस उपसभापति विमलेन्द्र निधिले कार्यतालिका बनाएर अगाडि बढ्न सभापति सकरात्मक भएको बताए ।

पौडेले समुहले कार्यतालिक बनाउनु पर्ने माग गर्दै केन्द्रीय समिति बैठक बहिष्कार गर्दै आएको छ ।