१० मंसिर २०८३, बिहिबार

२२ बर्षीय युवा मृत फेला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ मंसिर । गुल्मीको धुर्कोट गाँउपालिका वडा नम्बर ४ जैसिथोक गोपेमा एक युवा मृत अवस्थामा फेला परेका छन् ।

स्थानीय २२ बर्षीय कमल खत्री घरनजिकै मृत अवस्थामा फेला परेको छिमेकी रामु खत्रीले जानकारी दिए । उनी शुक्रबार साँझ कुलपुजाका पाहुनालाई खाना खुवाएर घरबाहिर निस्केका थिए ।

शनिबार बिहान ६ बजेतिर स्थानीयहरू बाटो हिड्दा कमलको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।