जनकपुरधाम, २८ मंसिर । धनुषा जिल्लामा बम विस्फोट हुँदा तीन जनाको मृत्यु भएको छ।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगर बजारमा शुक्रबार मध्यराति भएको बम विस्फोटमा परी प्रहरी निरीक्षक अमिर दाहालसहित स्थानीय ४६ वर्षका राजेश्वर साह र उनका छोरा अन्दाजी २४ वर्षका आनन्द साहको घटनास्थलमै मृत्यु भएको एसपी राजेन्द्र चौधरीले जानकारी दिएका छन् ।
विस्फोटमा परी अन्य ३ जना घाइते भएका छन् । उनीहरूको अवस्था गम्भीर छ । घाइते हुनेहरूमा प्रहरी जवान रिजन महतो, मृतक घरमुली राजेश्वर साहका अर्का छोरा प्रकाश र छोरी अञ्जली रहेका छन् ।
शुक्रबार राति १२ बजे राजेश्वरको घरको शौचालय नजिक छाडिएको बम विस्फोट भएको हो ।
बेलुकादेखि बम राखिएको हल्ला चलेको थियो । बम भएको हल्ला चलेपछि उक्त वस्तु बम हो वा होइन भनी जाँच्न इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरबाट प्रहरी टोली पुग्नेबित्तिकै विस्फोट भएको थियाे ।











प्रतिक्रिया