२ कार्तिक २०८३, सोमबार

उपप्रधानमन्त्री सिंहले प्रचण्डलाई भने-‘सत्ता कब्जा गर्न आन्दोलन नगर्नुहोस्’

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

prakash-man-singhइलाम, १८ फागुन । उपप्रधान मन्त्री तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले एकीकृत नेकपा माओवादीलाई सत्ताका लागि आन्दोलन नगर्न आग्रह गर्नुभएको छ ।

उहाँले दलहरुबीच भएको सहमति भाँडेर सत्तामा आउन एमाओवादीले प्रयत्न गरिरहेको आरोप लगाउँदै वार्तामा आए सत्ता साझेदारी गर्न तयार छौं भन्नुभयो । उहाँले एमाओवादी मोर्चालाई निःसर्त वार्तामा आउन आग्रह समेत गर्नुभयो ।

नेपाल प्रेस युनियन शाखा इलामले सोमबार विहान आयोजना गरेको पत्रकार सम्मेलनमा उपप्रधान मन्त्री सिंहले दोस्रो संविधानसभाले पनि संविधान जारी गर्न नसक्दा मुलुक नै असफल हुने धारणा राख्दै सबैको सहमति र सहकार्यमा संविधान जारी गर्न सके त्यो दिगो हुने विचार व्यक्त गर्नुभयो ।
“कसैले केही छाडौँ, लचकता अपनाऔँ”-उहाँले भन्नुभयो-“मिल्न नसकेका विषयलाई वार्ता र सहमतिको माध्यमबाट हल गरौँ ।”

निर्वाचन प्रणाली, शासकीय स्वरुप, सङ्घीयतालगायत विषयमा सबै दलबीच सहमति भइसकेकाले त्यसलाई मूर्तरुप दिन वार्तामा आउन सरकारले आग्रह गरेको उहाँले बताउनुभयो । उहाँले मुलुकलाई राजनीतिक अस्थिरताबाट जोगाउन संविधान जारी गर्नुको कुनै विकल्प नभएको बताउनुभयो ।