१० मंसिर २०८३, बिहिबार

दुई हप्तासम्म मुग्लिन सडक खण्डमा दैनिक ४ घण्टा गाडी चलाउन नपाइने

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, २७ मंसिर । मुग्लिन सडक खण्डमा आजदेखि दैनिक ४ घण्टा गाडी चलाउन नपाइने भएको छ ।

सडकमा पहिरो रोकथामको काम गर्नुपर्ने भएकाले आजदेखि दुई हप्तासम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म गाडी चलाउन रोक लगाइएको नारायणगढ मुग्लिन सडक आयोजनाका सूचना अधिकारी शिव खनालले जानकारी दिए ।

विश्व बैँकको १२ करोड रुपियाँको लगानीमा यो सडक खण्डको गाईघाट, अठार किलो, घुमाउने, भालुढुङ्गा, जलबिरे, चार किलो, टोपे खोला र काली खोलामा पहिरो रोकथामका लागि काम गरिने उनले बताए ।

कामको अवधिभर नारायणगढबाट मुग्लिनतर्फ छुटेका गाडी पन्ध्र किलो र दासढुङ्गा तथा नारायणगढतर्फ छुटेका गाडी मुग्लिनमा रोकिने खनालले जानकारी दिए ।

यो सडक खण्डमा यसअघि नै पहिरो रोकथामको काम गर्ने भनिए पनि भरतपुर विमानस्थल मर्मतको काम भइरहेकाले आजबाट मात्रै थाल्न लागिएको आयोजनाले जनाएको छ ।