कपिलवस्तु । कपिलस्तुको मायादेवी गाउँपालिका– २ गंगापुर भ्रैसकुन्डाका एक युवाले नाबिलिकालाई मोबाइलको प्रलोभनमा पारेर बलात्कार गरेको आरोप लागेको छ ।
स्थानीय २२ वर्षीय अजहर तेली मुसलमानले १६ वर्षीया किशोरीलाई बलात्कार गरेको पीडीत बालिकाको परिवारले आरोप लगाएका छन् ।
घटना गत मंसिर १८ गते राति ८ बजेको हो । प्रहरीले घटनाको जाहेरी लिन अस्विकार गरे बताइएकाे छ ।
पीडीत बालिकाले गाउँकै छिेमेकी दाईले घटनाको १० दिनअघि सिमसहितको मोबाइल फोन दिएर आफूलाई राति पटकपकट भेट्न बोलाउने गरेको बताइन् ।
घटनाको दिन आफू राति ८ बजेतिर खेतमा रहेको खुर्सानी टिप्न जाँदा अजहरले आफूलाई करणी गरेको बताइन् ।
घटनाको अर्को दिन आफूलाई धम्की दिएर मोटरसाइकलमा बसाएर ३ दिनसम्म अपरिचत स्थलमा लगेर फेरि बलात्कार गरेको बताइन् ।
प्रहरी उपरीक्षक दीपशमसेर जबराले घटना भएको ठाउँ लुम्बिनी भएकाले त्यतै जाहेरी दर्ता गर्न भनी आफूले पीडित परिवारलाई पठाएको बताए ।











प्रतिक्रिया