सिमकोट, २६ मंसिर । हुम्लामा पुनः हिमपात शुरु भएको छ । बिहीबार बिहानैदेखि हिमपात हुँदा जनजीवन प्रभावित भएको छ । परेको हिउँ जमेकाले हुम्लाका अधिकांश क्षेत्र सेतै देखिएका छन् । आधा इन्चभन्दा बढी हिउँ जमेको छ ।
बाक्लो कुहिरो लागेकाले बिहान पनि लगभग अँध्यारो जस्तै अवस्था छ । दिनभरजसो नै हिमपात हुने सम्भावना रहेको मौसमविदले बताएका छन् ।
हिउँ परेसँगै चिसो थप बढेको छ । घरपालुवा पशु चराउन लैजान समस्या भएको छ । तर हिउँ परेसँगै जेठासी बाली उम्रिने भएकाले किसानहरु भने खुशी छन् ।
हिमपातका कारण नाम्खा गाउँपालिकाको लिमी ,चाला र हिल्सा आवतजावतमा कठिनाई भएको छ । हुम्लामा यो वर्ष दोस्रो हिमपात भएको हो । यसअघि मंसिर १२ गते हिमपात भएको थियो ।











प्रतिक्रिया