
काठमाडौँ, २६ मंसिर । दोलखाको भीमेश्वर नगरपालिका–२, तिखातलमा डोजर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा ३ जना घाइते भएका छन् ।
दुर्घटनामा गम्भीर घाईते भएका बिगु गाउँपालिका–८ खोपाचागुका २३ बर्षिय राजु थामीको उपचारको क्रममा मुत्यु भएको दोलखा प्रहरीले जनाएको छ । घाईते मध्ये २ को अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।
गौतमटोलबाट दोलखा मन्दिरतर्फ जाादै गरेको डोजर अनियन्त्रित भई बाटोबाट करिब सय मिटर तल खसेको हो ।
गम्भीर घाईते हुनेमा भीमेश्वर नगरपालिका–२ का १६ बर्षिय सुमन थामीको टिचिङ अस्पताल काठमाण्डौंमा उपचार भईरहेको छ भने अर्का गम्भीर घाईते बिगु गाउँपालिका–७ आलम्पु अम्बाटोलका २७ बर्षिय बिजय श्रेष्ठ ग्राण्डी अस्पताल काठमाण्डौंमा उपचार भईरहेको छ ।











प्रतिक्रिया