
काठमाडौं, २५ मंसिर । व्यवस्थापनको लापरवाहीका कारण मजदुर गोलबजार ९ निवासी अनिता पासवानले आत्महत्या गरेको भन्दै मारुती उद्योग बुधबार बन्द गराइएको छ ।
अखिल नेपाल कारखाना मजदूर संघ सदस्य पासवानले उद्योग नजिकै आत्महत्या गरेको थाहा पाएपछि भेला भएका मजदूरले कामकाज बहिष्कार गर्दै पूर्व–पश्चिम राजमार्ग ठप्प पारेका छन् ।
व्यवस्थापनले समस्या समाधानमा चासो नदेखाएको भन्दै आन्दोलनरत मजदूरले उद्योग बन्द गराएका हुन् । पासवानलाई कामबाट हटाएकाले आत्महत्या गरेको भन्दै परिवारलाई क्षतिपूर्ति दिनुपर्ने मागसहित कामबाट निकाल्नेलाई कारबाही माग गरेका छन् ।











प्रतिक्रिया