
काठमाडौं, २५ मंसिर । कञ्चनपुरको महाकाली नगरपालिका–२ मा अवस्थित मायापुरी सामुदायिक वनमा घाँसकाट्न गएको समयमा बुधबार जंगली हात्तीले आक्रमण गर्दा स्थानीय ५० वर्षीया भुलीदेवी बोहोरा र ३८ वर्षीया बसन्ती भट्टको मृत्यु भएको छ ।
अन्य चार जना घाइते छन् ।
उपचारको लागि अस्तपाल ल्याउने क्रममा बाटोमा नै दुवै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । आक्रमणमा परी स्थानीय ३५ वर्षीया ललिता बोहरा, ३४ वर्षीया सुनिता विष्ट, ३२ वर्षीया उमा साउद र २४ वर्षीया सरिता ओझा घाइते भएका छन् ।











प्रतिक्रिया